श्रीलङ्काका प्रधानमन्त्रीले न्युजल्याण्ड भ्रमण गर्नु हुने

वेलिङटन, ३१ भाद्र २०७३। श्रीलङ्काका प्रधानमन्त्री रनील विक्रमासिंगेको न्युजल्याण्ड औपचारिक भ्रमण गर्न लाग्नु भएको छ ।

यही अक्टोवर १ देखि ३ तारिख सम्म विक्रमासिंगेले न्युजल्याण्ड भ्रमण गर्ने लाग्नु भएको न्युजल्याण्डका प्रधानमन्त्री जोहन कीले शुक्रबार जानकारी दिनु भएको छ ।

‘ न्युजिल्यान्डसँग सम्बन्ध विस्तारको लागि श्रीलङ्काका प्रधानमन्त्रीले न्युजिल्यान्डको भ्रमण गर्न लाग्नु भएका यो पहिलो पटक भएको जनाइएको छ ।

यस भ्रमणबाट दुई देशको सम्वन्ध सुधारका लागि महत्वपूर्ण अवसर हुनेछ,” प्रधान मन्त्री किले बताउनु भएको छ ।
मेलमिलाप र पुर्ननिर्माण मार्फत् श्रीलङकाको आर्थिक तथा राजनीतिक अवस्था सुधारका लागि न्युजल्याण्डले सहयोग जारी राख्ने प्रधानमन्त्री किले बताउनु भयो ।

प्रधानमन्त्री किले गत फेब्रुअरीमै श्रीलङ्काको भ्रमण गरिसक्नु भएको छ । विक्रमासिंगेले आफ्नो भ्रमण टोलीमा चार जना मन्त्री, व्यवसायी र सञ्चार माध्यमका प्रतिनिधिहरुलाई सहभागी गराउनु हुने बताइएको छ ।

 

  • 51Read This News:
  • 340609Total reads:
  • 167036Total visitors: