कोलम्बिया सरकारद्वारा दोस्रो विद्रोही समुह इएलएन सँग वार्ता गर्न तयार

COLOMBIA ELECTIONS

कोलम्विया, ११ कात्तिक २०७३ । कोलम्बियाको सरकारले देशको दोस्रो ठूलो विद्रोही समूह नेशनल लिवरेशन आर्मी (इएलएन) सँग वार्ता गर्न तयार रहेको बिहीबार जनाएको छ ।

“यदि उनीहरु वार्ता गर्न चाहन्छन् भने सरकार पनि वार्ताकै पक्षमा रहेको छ,” राष्ट्रपति जुआन मेनुअल सन्तोषले बताउनुभयो ।

झन्डै २ लाख ६० हजार मानिसको ज्यान जानेगरी द्वन्द्व गराएको सो समुहलाई वार्ताका लागि उहाँले विषेश जोड दिनुभएको छ ।

देशको सवै भन्दा ठुलो विद्रोही समुह रिभोलसनरी आर्मड फोर्स अफ कोलम्बिया (फार्क) संग केही समय अगाडी मात्रै शान्ति सम्झौता गर्नु भएका सन्तोष यस बर्षको नोवेल शान्ति पुरस्कारका विजेता समेत हुनुहुन्छ ।

तर गत अक्टोबर २ तारिखका दिन भएको मतदानमा बहुमत मतदाताले भने सो सम्झौताको विपक्षमा मत व्यक्त गरेका थिए । त्यही मतपरिणामकै कारण सो शान्ति प्रक्रिया सङ्कटमा परेको छ ।

यसैबीचमा दोस्रो ठूलो समूह पनि शान्ति प्रक्रियाको बाटोमा क्विटोतिर लागिसकेको जनाइएको छ । रहेको जनाएको छ । जस्को नेतृत्व उनिहरुका “कमाण्डर” पब्लो बेल्ट्रानले गरेका छन् । “यात्रा राम्रो रहोस्” समुहको तर्फबाट बुधबार ट्वीटरमा लेखिएको छ ।

 

  • 39Read This News:
  • 417816Total reads:
  • 230563Total visitors: