उषाः उर्लदै प्रभाती किरण झै गायन तर्फ

काठमाण्डौ, ११ कात्तिक २०७३ । लामो समयदेखी सामाजिक सेवामा अवद्धहुदै पछिल्लो समय विभिन्न राष्ट्रिय दैनिकमा स्वतन्त्र लेखनकार्यलाई निरन्तरता दिदै आफ्नो अलग पहिचान बनाएकी लेखिका उषा थपलियाले छलाङ्गमार्दै गायन पेशावाट श्रोता तथा दर्शकको मनजित्न लागि परेकी छिन ।

उहाँको यस गितमा आमरुपमा देखा परेका मानवीय चरीत्र र प्रवृत्तिलाई मिहिन ढंगले केलाउने काम गरेको छ । भौतिक सम्पन्नताको लालसा र नितान्त आत्मकेन्द्रित गतिविधिमा रुमलिईरहेको व्यक्तिले आफुले खोजेकै सफलता हासिल गरेपनि आत्मशान्तिकोलागि भने अन्तमा भगवानकै शरणमा पुग्नु परेको यथार्थलाई आफ्ना शव्दहरुमार्फत कुशलतापुर्वक अभिव्यक्त गरेकी छन् ।

जीवनभर अति नै कठोर मेहनतकासाथ आर्जन गरेको सम्पत्तिमात्र हैन मान्छेको देह नै खरानी बनेर चीतामा सकिनेतर्फ संकेत गर्दै मानवीय चोलाको मोक्षकालागि उनले भगवान समक्ष अनुरोध गरेकी छन् ।

स्वर तथा रचना थपलिया अनि रिदम कँडेल र प्रमोद प्रसाईको संगीत रहेको यस गितको भिडियो निश्चल श्रेष्ठ तथा जीवन गौतमको निर्देशन तयार परिऐको हो ।

 

  • 81Read This News:
  • 480395Total reads:
  • 287870Total visitors: