उत्तरी ताइवानको ताइपेई शहरमा रहेको अपार्टमेन्टमा आगलागी हुँदा ९ जनाको मृत्यु

ताइवान, ८ मंसिर २०७४ । उत्तरी ताइवानको ताइपेई शहरमा रहेको एक अपार्टमेन्टमा बुधबार भएको आगलागीमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको समाचार छ ।

यस आगलागीमा परी ९ जना व्यक्तिको मृत्यु हुनुका साथै अन्य २ जना सामान्यरुपमा घाइते भएका स्थानीय प्रहरी स्रोतले जानकारी दिएको छ ।

९ तले उक्त आवासीय भवनको चौथो तलामा आगो लागेको बताइएको छ । यसको कारणबारेमा प्रहरीले खोजी शुरु गरेको बताइएको छ ।

ताइपेई शहरको जोङ्गहे जिल्लामा रहेको सो भवनमा स्थानीय समयानुसार बुधबार राति ८ बजेबाट आगलागी शुरु भएको थियो ।

यस अपार्टमेन्टमा प्रायः विदेशी कामदारहरुको बसोबास रहँदै आएको जनाइएको छ । सो अपार्टमेन्टमा बस्दै आएका एक ४९ वर्षीय विदेशीलाई आगलागी गराएको आशंकामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

  • 19Read This News:
  • 262662Total reads:
  • 130781Total visitors: