जिम्बाबेका नयाँ नेताद्वारा सत्ताको नेतृत्व लिने तयारी

जिम्वावे, ८ मङसिर २०७४ । जिम्बाबेको नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न लाग्नु भएका इम्मेर्सन मनान्गाग्वाले बिहीबार पदबहालीको तयारी गर्नुभएको छ ।

गत ३७ बर्षदेखि शासन गर्दै आउनु भएका निवर्तमान राष्ट्रपति रोबर्ट मुगाबेले नाटकीय तरिकाले राजीनामा दिन बाध्य भएपछि उहाँले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने हुनुभएको हो ।

मुगाबेलाई सेना र सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेका हुन् भने जिम्बावेमा नयाँ लोकतान्त्रिक युग सुरु हुन लागेको दावी गरिएको छ ।

राष्ट्रपति हुन लाग्नु भएका ७५ बर्षीय इम्मेर्सनले शुक्रबार एक समारोहकाबीच जिम्मेबारी सम्हाल्न थाल्नुहुने भएको छ ।

“हामीले आजदेखि देशलाई आश्चर्यजनक पुर्ण लोकतान्त्रिक मुलुक बनाउन सुरु गरेका छौं,” उहाँले हजारौं समर्थकहरूकाबीचमा भन्नु भएको थियो ।

उहाँ ठुलो संख्यामा सुरक्षाकर्मीहरूले घेरिएर राष्ट्रपतिकै शैलीमा सत्तारुढ दल जानु–पीएफको मुख्यालयमा आईपुग्नु भएको छ ।

 

  • 34Read This News:
  • 438821Total reads:
  • 250759Total visitors: