अमेरिकी विदेशमन्त्री टिलर्सन म्यानमारमा

म्यानमार, ३० कात्तिक २०७४ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन् म्यानमार पुग्नुभएको समाचार छ ।

म्यानमारमा पछिल्लो समयमा जारी राजनीतिक हिंसाका कारण यहाँको ठूलो संख्याका रोहिङ्गा शरणार्थी भागेर बंगलादेश पुगेका छन् ।

म्यानमारको राखिन राज्यका मुस्लिम रोहिङ्गा शरणार्थी हाल बंगलादेशको कोक्स बजारमा रहेका छन् । उनीहरु करिब साढे ६ लाखको संख्यामा त्यहाँ पुगेका छन् ।

ती शरणार्थी समस्या समाधानका लागि म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ् सान सुकीलाई दबाब दिन अमेरिकी विदेशमन्त्री टिलर्सन त्यहाँ पुग्नुभएको समाचारमा जनाइएको छ ।

विदेशमन्त्री टिलर्सन बुधबार म्यानमारमा रहनुहुने छ । उहाँले यहाँका राष्ट्रपति, विदेशमन्त्री सुकी र अन्य उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने छ ।

म्यानमारको सेनाले हिजोमात्र एक विज्ञप्ति प्रकाशन गरेर यहाँको सेनाले राखिन राज्यबाट उनीहरुलाई नलखेटेको जनाएको थियो ।

सेनाको यस्तो भनाइ आएको एकदिनपछि अमेरिकी विदेशमन्त्रीको म्यानमार भ्रमण शुरु भएको हो ।

 

  • 38Read This News:
  • 459325Total reads:
  • 268845Total visitors: