चीन, २२ कात्तिक २०७४ । चीनमा सञ्चारकर्मीको वैधानिक परिचयपत्र लिएका पत्रकारको सङ्ख्या २ लाख २८ हजार रहेको चीनको प्रेस, प्रकाशन, रेडियो, फिल्म र टेलिभिजन हेर्ने प्रशासन (एसएपीपीआरएफ्टी)ले मङ्गलबार जनाएको छ ।
एसएपीपीआरएफ्टीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “यिमध्ये ८४ हजारले पत्रपत्रिकामा काम गर्ने गर्छन् । त्यस्तै ६ हजारले विभिन्न आवधिक प्रकाशनमा काम गर्छन् ।”
चीनको न्यूज एजेन्सीहरूमा जम्मा २ हजार ८०० सञ्चारकर्मी रहेका छन् भने १ लाख ३४ हजारले रेडियो, टेलिभिजन र अन्य प्रकाशन गृहमा तथा न्यूज वेवसाइटमा १ हजार १०० सञ्चारकर्मी रहेका एसएपीपीआरएफ्टीले जनाएको छ ।
सञ्चारकर्मीमध्ये ३९ प्रतिशत ३० देखि ४० बर्ष उमेर समूहका पत्रकार रहेका छन् र ३३ प्रतिशत ४० देखि ५० बर्ष उमेर समूहका रहेका बताइएको छ । पुरुष सञ्चारकर्मीको सङ्ख्या ५१ प्रतिशत भन्दा बढी रहेको विज्ञप्तिमा उल्लेख छ ।
चीनले सन् १९३७मा यहाँको पत्रकार संगठन स्थापना भएका दिन नोभेम्बर ८ लाई पत्रकार दिवसका रुपमा मनाउने गरेको छ । चीनमाले १८ औँ पत्रकार दिवस मनाउँदैछ ।


