हर्षचोक ब्याडमिण्टनमा शिवाकोटी र पाठक विजयी

भक्तपुर – हर्षचोक ब्याडमिण्टन क्लबको आयोजनामा भएको ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुशील शिवाकोटी र ध्रुव पाठक जोडीले हात पारेको छ ।

७ टोलीले भाग लिएको प्रतियोगितामा विश्वराम खड्का र मेहन गुरुङको जोडीलाई सो जोडीले पराजित गरेको थियो । प्रतियोगितामा लक्ष्मीराज अधिकारी र अमित कार्कीको जोडीले कैलाश खड्का र गोपाल सुवेदीको जोडीलाई पाखा लगाउँदै तेस्रो स्थान हात पारेको थियो ।

विजयी खेलाडीलाई पुनरावेदन अदालत पाटनका न्यायाधीश विनोदप्रसाद शर्माले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । क्लबले आफ्ना सदस्यलाई एक एक जोर ट्रयाक सुटसमेत वितरण गरेको थियो ।

 

  • 53Read This News:
  • 459200Total reads:
  • 268731Total visitors: