विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही

File photo

सप्तरी, १७ कात्तिक २०७४ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही गरेको छ ।

प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिनुभएको जानकारीअनुसार २०७४ साउनदेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा गरिएको छड्के अनुगमन तथा विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत रु ३ लाख ३१ हजार ७५६ राजश्व असुली समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्राधिकरणका कर्मचारीको संयुक्तरुपमा खटिएको अनुगमन टोलीले ३२ थान पानी तान्ने मोटर, १० थान टिभी, ५ थान स्टेप्लेजर, ३ थान पंखा र १ थान फ्रिज समेत बरामद गरेको छ । दीपावली र छठ सकिएपछि पुनः विद्युत् चुहावट नियन्त्रणका लागि प्राधिकरणले काम थालेको प्रमुख साहले बताउनुभयो ।

 

  • 28Read This News:
  • 459526Total reads:
  • 269032Total visitors: