कुवेतको प्रधानमन्त्रीमा सेख जबर नियुक्त

कुवेत, १६ कात्तिक २०७४ । कुवेतका राजा सेख सबाह अल–अहमाद अल–सवाहले बुधबार सेख जबर मुबारक अल–सवाहलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

राजाले नयाँ प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न पनि आदेश दिनु भएको कुवेत समाचार समितिले जनाएको छ ।

सेख जबरले सोमबार राजीनामा बुझाउनु भएको थियो । राजाले पनि उहाँको राजीनामा स्वीकृत गर्नुभएको थियो ।

 

  • 30Read This News:
  • 459342Total reads:
  • 268862Total visitors: