मध्य अगगानिस्तानमा आइएस आक्रमणमा ३० नागरिकको मृत्यु

अफगानिस्तान, १० कात्तिक २०७३ । मध्य अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) समूहसँग आबद्ध लडाकुको आक्रमणमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ ।

अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोज कोहमा मङ्गलबार राति आइएस समूहमा आबद्ध अफगानी दायस समूहको आक्रमणमा अधिकांश भेडागोठालाको मृत्यु भएको घोरका प्रशासक नसीर खोजेहले बताउनुभयो ।

स्थानीयको सहयोगमा सुरक्षाकर्मीले सञ्चालन गरेको कारबाहीमा दायस समूहका कमाण्डरको मृत्यु भएपछि विद्रोहीले स्थानीय नागरिकलाई निसाना बनाएर आक्रमण गरेका थिए । स्थानीयले बुधबार बिहान स्थानीय नागरिकका ३० मृत शरीर भेटेपछि यो खबर प्रशासनलाई गरेका थिए ।

यद्यपि दायस समूहले समाचार तयार पार्दासम्म उक्त घटनाको जिम्मेवारी भने लिएको छैन ।

 

  • 124Read This News:
  • 417402Total reads:
  • 230158Total visitors: