आज मध्यराती देखी लागुहुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, १५ कात्तिक २०७४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

आज राति १२ बजेपछि लागू हुनेगरी खाना पकाउने एलपी ग्यास , पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु १०० पर्ने आयल निगमले जनाएको छ । त्यसैगरी डिजेल र मट्टितेल लिटरको रु ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । अब ग्यास प्रतिसिलिन्डर रु १ हजार ३५० पर्नेछ ।

 

  • 414Read This News:
  • 459296Total reads:
  • 268818Total visitors: