आयल निगमको प्रमुखमा भट्टराई, खडका मन्त्रालयमा

काठमाडौँ, १४ कात्तिक २०७४ । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशकमा निगमकै निर्देशक सुशील भट्टराईलाई जिम्मेवारी दिएको छ ।

आपूर्ति मन्त्रिस्तरीय निर्णयका आधारमा भट्टराईलाई सो जिम्मेवारी दिइएको हो । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भने मन्त्रालयमा नै कामकाज गर्ने गरी व्यवस्था मिलाइएको आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

निगमको जग्गा खरिदमा अनियमितता भएको भन्दै चौतर्फी दबावमा परेपछि सरकारले खड्कालाई हटाएको थियो । सर्वोच्च अदालतको आदेशपछि खड्का पुनः कामकाजमा फर्कनुभएको थियो ।

निगमको जग्गा खरिदका विषयमा नागरिक तथा अन्य सरोकार भएका निकायले चौतर्फी रुपमा खबरदारी गरेपछि आपूर्तिमन्त्री जयन्त चन्दले खड्कालाई मन्त्रालयमा हाजिर गराउने निर्णय गर्नुभएको हो । सचिव देवकोटाले तत्कालका लागि निगमको कामकाज गर्न निगमकै निर्देशक भट्टराईलाई जिम्मा दिइएको बताउनुभयो ।

 

  • 45Read This News:
  • 438602Total reads:
  • 250595Total visitors: