अमेरिका, १० कात्तिक २०७४ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउदै जनस्वास्थ्य संकटकाल घोषणा गर्नुभएको छ ।
बिहीबार गरिएको यो घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने उहाँले विश्वास गर्नुभएको छ ।
दुखाई कम गर्ने सम्वन्धी नशालु औषधि २० लाखभन्दा बढी अमेरिकी नागरिकले प्रयोग गरिरहेको र त्यो क्रम दिनप्रतिदिन बढिरहेको राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।
“अमेरिकामा अहिले गोली लागेर र सवारी दुर्घटनामा परेरभन्दा नशालु औषधि प्रयोग गरेर मृत्यु हुनेको संख्या धेरै भएको छ, यस्तो औषधिको प्रयोग सबैभन्दा धेरै अमेरिका मै हुनेगरेको छ,” उहाँले भन्नुभयो ।
उहाँले यही अवस्थालाई कायम राखिरहन नसक्ने बताउदै नशा नलाग्ने औषधिको उत्पादनतर्फ ध्यान दिनु पर्नेमा जोडदिनुभयो ।
उहाँले संकटकाल घोषणाकाले अव अमेरिकामा जनस्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न सहयोगी रकमहरु बढाइनेछ ।
कार्यबाहक स्वास्थ्य मन्त्रीलाई देशभर जनस्वास्थ्यसम्बन्धी विषेश व्यवस्था गर्न पनि ट्रम्पले निर्देशन दिनुभएको अधिकारीले बताएका छन् ।


