क्याटलोनीयाको स्वतन्त्रताका लागि बार्सिलोनामा विद्यार्थीको प्रदर्शन

स्पेन, ९ कात्तिक २०७४ । स्पेनको क्यटलोनीयालाई स्वतन्त्र हुन दिनुपर्ने माग गर्दै बिहीबार बार्सिलोनामा प्रदर्शन भएको छ ।

प्रदर्शनका लागि निकालिएको विरोध र्यालीमा हजारौ विद्यार्थीहरु सहभागी भएको विभिन्न सञ्चारमाध्यमहरुले बिहीबार जनाएका छन् ।

उनीहरुले क्षेत्रीय सरकारको अधिकार कटौती गर्ने वा नियन्त्रण गर्ने केन्द्रीय सरकारका विरुद्धमा पनि नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरुले रातो, पहेलो झण्डाहरु घाँटीमा बाँधेका थिए ।

“क्याटलोनीया जोगाउनका लागि हामी अहिले यहाँ छौँ”– १८ वर्षीय पोल मोराताल्लाले एएफपीसँग भन्नुभयो ।

स्पेनको संविधानको धारा १५५ अनुसार क्याटलोनिया क्षेत्रमा अस्थायी नियन्त्रण लागू गर्ने केन्द्रीय सरकारको निर्णयका बारेमा संसदमा मतदान हुने अघिल्लो दिन उनीहरुले प्रदर्शन गरेका हुन् ।

गत शनिबार मन्त्रिपरिषद्बाट भएको निर्णयलाई आउँदो शुक्रबार संसद्ले पारित गर्ने अपेक्षा गरिएको छ । संसदमा उहाँकै पिपल्स पार्टीको पर्याप्त बहुमत रहेको छ ।

 

  • 20Read This News:
  • 417669Total reads:
  • 230424Total visitors: