इन्डोनेसियाको पटका कारखानामा आगलागीहुँदा ४७ जनाको मृत्यु, करिब ५० जना घाइते

इन्डोनेसिया, ९ काक्तिक २०७४ । इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ शहरको एक पटका कारखानामा बिहीबार आगलागी हुँदा ४७ जनाको मृत्यु भएको छ भने ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।
शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सवैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ ।

सदुनीले घटनास्थलबाट स्थानीय टेलिभिजनलाई जानकारी दिँदै भन्नुभयो, “आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ भने ४६ जना घाइते भएका छन् ।”

मृतकमध्ये प्राय उत्पादन कक्षमा काम गर्ने मजदूर रहेका छन् । उक्त पटका कारखाना पीटी पान्सा वौना कम्पनीद्वारा सञ्चालित रहेको थाहा हुन आएको अग्नी नियन्त्रकले जनाएका छन् ।
ताङगेराङ शहरका बरिष्ठ प्रहरी आयुक्त हरी कुर्नियावानले प्रारम्भीक अनुसन्धानबाट घटना विद्युत चुहावटका कारण भएका हुनसक्ने बताउनु भयो ।

 

  • 35Read This News:
  • 438633Total reads:
  • 250624Total visitors: