इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा छैन

इन्डोनेसिया, ८ कात्तिक २०७४ । इन्डोनेसियामा मङ्गलबार ६.६ म्याग्निच्युडको भूकम्प गएको यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।

विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ ।

स्थानीय समय अनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेङ्गुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले बताउनुभयो ।

भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको खतरा हुने सम्भावना नदेखिएको,उहाँले बताउनुभएकोछ ।

 

  • 22Read This News:
  • 459300Total reads:
  • 268822Total visitors: