नेपाल युएनएचसीआरको सदस्यमा निर्वाचित भएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई

काठमाडौँ, ७ कात्तिक २०७४ । नेपालका लागि क्यानडा र न्यूजिल्यान्डका राजदूतले नेपाल संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद् (युएनएचसीआर)को सदस्यमा निर्वाचित भएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री देउवासँग आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा यहाँस्थित क्यानाडाली राजदूत नदिर पटेल र न्यूजिल्यान्डका गैरआवासीय राजदूत जोन्ना मेरी केम्प्कर्सले अलग अलग भेटी बधाई दिनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री देउवा र राजदूतहरुका बीचमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको उहाँका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले वताउनु भयो ।

प्रधानमन्त्री देउवाले मानवअधिकार परिषद्मा रहँदा नेपाललाई सम्पूर्ण सदस्य देशको सहयोग हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

सन् २०२०–२०२१ का लागि राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्यका लागि क्यानडाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेको छ ।

 

  • 32Read This News:
  • 459284Total reads:
  • 268806Total visitors: