चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन सुरु

चीन, २ कात्तिक २०७४ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ ।

बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको ग्रेट हल अफ दि पिपुलमा बुधबार बिहान सो महाधिवेशन सुरु गर्नुअगावै देखि नै चीनभर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

उक्त महाधिवेशनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गरेका थिए ।

प्रत्येक ५ वर्षमा हुने यस महाधिवेशनको चिनियाँ राष्ट्रपति सि चिनफिङले उद्घाटन गर्नुभयो । उहाँले सो उद्घाटन सत्रको नेतृत्वगर्दै आफ्नो कार्यकालको उपलब्धि पनि सुनाउनुभएको थियो । राष्ट्रपतिले उक्त महाधिवेशनको उद्घाटन लगत्तै सम्बोधन पनि गर्नुभएको थियो ।

उक्त काँग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट २ हजार २८७ जना प्रतिनिधि सहभागी भएका छन् ।

नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय हो । यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ ।

यसले आगामी ५ बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी ५ बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ ।

चीनका वरिष्ठ नीति निर्माता रहने पार्टीको पोलिटब्यूरो स्थायी समितिमा पनि नेताहरु चयन गर्ने काम सो महाधिवेशनले गर्नेछ ।

उक्त पोलिटब्युरोमा को को रहने छन् भन्ने बारेमा पनि आउँदो साता यसै महाधिवेशनले अन्त्यतिर चयन गर्नेछ । यो चयनको कार्य महाधिवेशनको अन्त्यमा हुने बताइएको बेइजिङ्बाट प्राप्त समाचारमा जनाइएको छ ।

उक्त महाधिवेशनलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले पनि सहभागी प्रतिनिधिहरुलाई सम्बोधन गर्नेछन् । सो महाधिवेशन बन्द कोठामा हुदैछ ।

यस महाधिवेशनले आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका नेताहरु छान्नुका साथै थप नीतिहरु पनि निर्माण गर्नेछ । यस पार्टीका आगामी कार्यक्रम र नीतिहरुका बारेमा पनि महाधिवेशनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ ।

CHINA-POLITICS-CONGRESSयसबैची चिनियाँ राष्ट्रपति चिनफिङले चीनले यतिखेर देशभित्रै भ्रष्टाचारका विरुद्धमा लडाईं जारी रहेको र यो लडाईं जसरी पनि जित्नुपर्नेमा आफू लागि परेको बताउनुभएको छ ।

सो महाधिवेशनको उद्घाटन पछि गर्नुभएको सम्बोधनमा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भ्रष्टाचार अहिलेको चीनका लागि प्रमुख चुनौती भएको पनि स्पष्ट गर्नुभएको थियो ।

उहाँले भन्नुभयो– म राष्ट्रपति भएदेखि नै भ्रष्टाचारविरोधी अभियान सुरु गरेको हुँ र अहिलेसम्म लाखौँ व्यक्तिलाई भ्रष्टाचारका विरुद्धमा कारबाही गरेको जानकारी पनि सो अवसरमा दिनुभएको थियो ।

त्यस अवसरमा राष्ट्रपति चिनफिङले भन्नुभयो– हामी भ्रष्टाचारका विषयमा शुन्य सहनशीलतामा काम गर्नेछौँ, यो हाम्रो देशको लागि ठूलो चुनौती हो भनेर सबैले बुझ्नु जरुरी छ ।

उहाँले घुस लिने मात्र होइन कि घुस दिने मानिसलाई पनि कडाभन्दा कडा कारबाही गरिने आफ्नो सम्बोधनका क्रममा दोहोर्याउनुभएको थियो । यो कुरामा उहाँले पहिले देखि नै जोड दिँदै आउनुभएको थियो ।

उहाँले सो अवसरमा भ्रष्टाचार नियन्त्रणका लागि जारी अभियान अन्तर्गत १० लाखभन्दा बढी अधिकारीहरुलाई कारबाही गरेको र सो कार्य आफ्नो कार्यकालको सफलता हो भनेर पनि सुनाउनुभयो ।

सन् २०१२ मा राष्ट्रपति हुनुभएका सिले चीनमा भ्रष्टाचार विरोधी नेताका रुपमा आफूलाई शक्तिशाली बनाउदै आउनुभएको छ । यो महाधिवेशन पछि पनि उहाँ पार्टीको प्रमुखकै रुपमा रहने अपेक्षा गरिएको छ ।

राष्ट्रपति सिले आफ्नो शासनकालमा चीनले हासिल गरेका उपलब्धिबाट बुधबारको भाषण शुरु गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले समाजवादसहित चीन अब नयाँ युगमा प्रवेश गरेको पनि दाबी गर्नुभयो

Chinese delegates wearing traditional costumes arrive during the start of the Communist Party's 19th Congress in Beijing on October 18, 2017. The Chinese Communist Party opens its week-long, twice-a-decade congress in the Great Hall of the People. / AFP PHOTO / FRED DUFOUR
Chinese delegates wearing traditional costumes arrive during the start of the Communist Party’s 19th Congress in Beijing on October 18, 2017.
Attendants look at photos they took in Tiananmen Square as they wait for delegates during the opening ceremony of the 19th Communist Party Congress in Beijing on October 18, 2017.  The Chinese Communist Party opened its week-long, twice-a-decade congress in the Great Hall of the People on October 18. / AFP PHOTO / GREG BAKER
Attendants look at photos they took in Tiananmen Square as they wait for delegates during the opening ceremony of the 19th Communist Party Congress in Beijing on October 18, 2017.
(171018) -- BEIJING, Oct. 18, 2017 (Xinhua) -- Cering Bazhen, a delegate to the 19th National Congress of the Communist Party of China (CPC), receives interview at the Great Hall of the People in Beijing, capital of China, Oct. 18, 2017. The congress will open Wednesday morning. (Xinhua/Yin Gang) (ry)

Cering Bazhen, a delegate to the 19th National Congress of the Communist Party of China (CPC), receives interview at the Great Hall of the People in Beijing, capital of China, Oct. 18, 2017.

(171018) -- BEIJING, Oct. 18, 2017 (Xinhua) -- Lu Li'an, a delegate to the 19th National Congress of the Communist Party of China (CPC), receives interview at the Great Hall of the People in Beijing, capital of China, Oct. 18, 2017. The congress opened Wednesday morning. (Xinhua/Yin Gang) (wyo)
Lu Li’an, a delegate to the 19th National Congress of the Communist Party of China (CPC), receives interview at the Great Hall of the People in Beijing, capital of China, Oct. 18, 2017. 
(171018) -- BEIJING, Oct. 18, 2017 (Xinhua) -- Mirigul Hekimihan, a delegate to the 19th National Congress of the Communist Party of China (CPC), receives interview at the Great Hall of the People in Beijing, capital of China, Oct. 18, 2017. The congress will open Wednesday morning. (Xinhua/Yin Gang) (wyo)
Mirigul Hekimihan, a delegate to the 19th National Congress of the Communist Party of China (CPC), receives interview at the Great Hall of the People in Beijing, capital of China, Oct. 18, 2017.

 

  • 18Read This News:
  • 440114Total reads:
  • 252016Total visitors: