विद्युत सेवा निरन्तर भएपछि उदयपुर सिमेन्ट उद्योगमा दैनिक ७ सय मेट्रिक टन सिमेन्ट उत्पादन

उदयपुर, २४ असोज २०७४ । देशको सबैभन्दा ठूलो र नेपाल सरकारको स्वामित्वमा रहेको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा विद्युत सेवा निरन्तर भएपछि सिमेन्ट उत्पादनमा सुधार आएको छ ।

उद्योग प्रशासनका अनुसार भदौको दोस्रो हप्तादेखि असोजको पहिलो हप्तासम्म निरन्तर विद्युत्भार कटौती भएका कारण रु २ करोडभन्दा बढी घाटा ब्यहोर्नु परेको भए पनि हाल विद्युत् वितरण तथा विद्युत्भार कटौतीमा सुधारका कारण सिमेन्ट उत्पादन बढेको हो ।

एक हप्ता यतादेखि उद्योगले दैनिक ७०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्न थालेको उद्योगका सहायक प्रबन्धक नवलकिशोर साहले जानकारी दिनुभयो । “अब यसरी नै एक महिनासम्म निरन्तर सञ्चालन भए उद्योगको घाटा कम गर्न सकिने छ,” उहाँले भन्नुभयो ।

गत आ.व.मा सो उद्योगले झण्डै रु २५ करोड नाफा गरेको थियो । चालु आवको भदौमा विद्युत्भार कटौती हुन थालेपछि सिमेन्ट उत्पादनमा कमी आएको साहले बताउनुभयो । विगतमा दिनमा १० पटकसम्म विद्युत्भार कटौती हुँदै आएको थियो ।

 

  • 33Read This News:
  • 441832Total reads:
  • 253698Total visitors: