आज बिहान काठमाडौँमा ३.७ रेक्टर स्केलको परकम्प

काठमाडौँ, १८ असोज २०७४ । आज बिहान २ बजेर ४ मिनेटमा ३.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौँको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु रहेको यो भूकम्प गोरखा भूकम्पपछिको परकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो ।

गोरखा भूकम्पपछि ४ रेक्टर स्केलभन्दा माथिका ४८७ वटा परकम्प गइसकेको केन्द्रले जनाएको छ ।

४ रेक्टरभन्दा साना परकम्प हजारौँको संख्यामा गइसकेका छन् । ४ रेक्टरभन्दा साना परकम्पको खासै असर नपर्ने गरेको भट्टराईले बताउनुभयो ।

 

  • 20Read This News:
  • 417441Total reads:
  • 230197Total visitors: