अंगूरुवावा जोशीको अक्षर साधना र गोधूलिको परिचर्चा

काठमाडौंँ, १० असोज २०७४। नेपालमा नारी शिक्षाको विकास र महिला सशक्तीकरणमा उल्लेखनीय योगदान गर्ने विदूषी अंगूरबाबा जोशीको आत्मकथा ‘अक्षर साधना र गोधूलि’ माथि आइतबार परिचर्चा गरिएको छ ।

सो अवसरमा प्राज्ञ प्रा दिनेशराज पन्तले उत्कृष्ट प्रकाशन प्रालिबाट प्रकाशित कृतिमा नेपालको राणाकालीन अवस्थादेखि अहिलेसम्ममा भोगेका यथार्थलाई अत्यन्त रोचक ढंगमा प्रस्तुत गरिएको र त्यस बखतको नेपालको ज्ञानवद्र्धक जानकारी गराएको बताउनुभयो ।

angur baba joshi book release 1

प्राज्ञ प्रा डा ज्ञानू पाण्डेले आत्मकथामा इमान्दारीपूर्वक विशेष गरी काठमाडौँको तत्कालीन सामाजिक अवस्थाको सजीव चित्रण पाइने बताउनुभयो । कृतिका सम्पादक तथा नियात्राकार चन्द्रप्रसाद भट्टराईले सो आत्मकथाले विशेष गरी पद्मकन्या कलेजको स्थापना र विकासमा उहाँले भोग्नुपरेका कठिनाइलाई मिहिन ढंगबाट प्रस्तुत गरिएको छ भन्नुभयो ।

कृतिका लेखन सहयोगी उपेन्द्र सुवेदीले जोशीले आफ्नो बिग्रेको स्वास्थ्य र ८६ वर्षको उमेरमा पनि सशक्त रुपमा पुराना संस्मरणलाई राख्न सकेको बताउनुभयो । साहित्यकार गीता रेग्मी र डा गोविन्दमानसिंह कार्कीले जोशीको व्यक्तित्वबाट पछिल्लो पुस्ताका सबै प्रेरणा लिन सक्ने बताउनुभयो । कृतिको लोकार्पण पूर्वराष्ट्रपति डा रामवरण यादवले गत महिना गर्नुभएको थियो ।

 

  • 36Read This News:
  • 259001Total reads:
  • 129095Total visitors: