उपसचिव देखी खरिदारसम्म १ हजार ४ सय २४ कर्मचारी सरुवा

काठमाडौँ, ४ असोज २०७४ । सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणमा उपसचिव देखी खरिदारसम्म १ हजार ४ सय २४ कर्मचारी सरुवा गरेको छ । प्रशासन प्रशासन मन्त्रालयका शाखा अधिकृत लीलाराज काफ्लेले जानकारी गराएकोछ ।

पहिलो चरणमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नियमित अन्तर्गतका विभिन्न मन्त्रालय, निकायमा सरुवा गरिएको बताए ।

यसपटक मन्त्रालयले नियमित सरुवाभन्दा पनि स्थानीय विकास मन्त्रालयमा बढी कर्मचारीको सरुवा गरेको छ । काफ्लेका अनुसार उपसचिव ११७ र अधिकृत ८० जना स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै नायब सुब्बा ७६६ र खरिदार ४६१ सरुवा गरिएका छन् । ती सरुवा सबै निर्वाचन आयोगको सहमतिमा मन्त्रालयले गरेको हो । सरुवा गरिएका कर्मचारीले पत्रसमेत लिन थालिसकेको काफ्लेले जनाएकोछ ।

मन्त्रालयले आचारसंहिता लागेका कारणले अत्यावश्यकबाहेक अन्यमा विगत जस्तै नियमित सरुवा भने गरेको छैन । निर्वाचन आयोगले भदौमा १२ र १४ गते मन्त्रालयले गरेको सरुवा अत्यावश्यक ठाउँमा गरेको भन्दै फुकुवा गरेको थियो ।

शाखा अधिकृत काफ्लेका अनुसार स्थानीय विकास मन्त्रालयले थप स्थानीय तहलाई कर्मचारी माग गरेको खण्डमा मन्त्रालयले पठाउने तयारी समेत गरेको छ ।

 

  • 34Read This News:
  • 417669Total reads:
  • 230424Total visitors: