मिस एअर होस्टेसको ताज रीवा लिम्बूलाई

काठमाडौँ, २ असोज २०७४ । मिस एअर होस्टेज–२०१७ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन् ।

सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन् । विजेता लिम्बूले रु २५ हजार र वसुन्धरास्थित साउथ वेष्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि रु १ लाख बराबरको छात्रवृत्ति तथा एभियशन म्युजियममा रोजगारीको अवसर प्राप्त गरेकी छन् ।

त्यस्तै कलंकीकी ‘फस्ट रनर अप’ सिजुसिंह ठकुरीले रु १५ हजार र ‘वेष्ट ड्रेस’को उपाधि प्राप्त गरिन् भने ‘सेकेण्ड रनर अप’ मोनालिसा पाख्रिनले ‘मिस पर्सनालिटी’को अवार्ड पाइन् । उनले रु १० हजारका साथै साउथ वेष्टर्न कलेजमा रु १ लाख बराबरको छात्रवृत्ति पनि पाइन् ।

 

  • 52Read This News:
  • 417669Total reads:
  • 230424Total visitors: