राष्ट्रपति भण्डारी र  गणतन्त्र माल्दिभ्सका गैरआवासीय राजदूत अहमद सलिम विच भेटघाट

काठमाडौँ, २ असोज २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका गणतन्त्र माल्दिभ्सका गैरआवासीय राजदूत अहमद सलिमले आज शिष्टाचार भेट गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिनुयो ।

यसैगरी राष्ट्रपति भण्डारीसँग बेलायतस्थित गोरखा कल्याणकारी कोषका अध्यक्ष लेफ्टिनेन्ट जनरल न पोपले आज शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा उहाँहरुबीच दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटमा नेपालका लागि बेलायती राजदूत र भ्रमण दलका अन्य सदस्यको सहभागिता थियो ।

 

  • 41Read This News:
  • 438509Total reads:
  • 250503Total visitors: