भारतको आसाममा डुंगा दुर्घटनाहुदा १० जनाको मृत्यु

भारत, २ असोज २०७४ । भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् ।

आसाम राज्यको सबानजोरिया नदीबाट १० व्यक्तिको शव निकालेको सोमबार अधिकारीहरुले जानकारी दिएका छन् ।
असाम राज्य सरकारद्वारा प्रकाशित विज्ञप्तिमा यस दुर्घटनामा मारिएकाहरुमा ५ बालबालिका र २ नाबालक समेत रहेका जनाइएको छ ।

आसामा राज्यको प्रान्तीय सहर दिसपुरबाट १९० किलोमिटर पश्चिममा रहेको गोलपारा जिल्लामा यो दुर्घटना भएको थियो ।

आइतबार भएको डुंगादौड प्रतियोगिता हेरेर आ–आफ्ना घर फर्किरहेका व्यक्तिहरु सो दुर्घटनामा परेका जनाइएको छ ।

गत हप्ता पनि उत्तर प्रदेशमा भएको एक दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको थियो ।

 

  • 44Read This News:
  • 438902Total reads:
  • 250839Total visitors: