चीन, २४ भाद्र २०७४। चीनको सानसी प्रान्तमा विषाक्त खानाका कारण एक विद्यार्थीको मृत्यु भएको छ भने ३१ जना अस्पताल भर्ना भएका चिनियाँ अधिकारीले शनिबार जनाएका छन् ।
झासुई जिल्लाको शिक्षा विभाग र जिआनस्थित एक बाल अस्पतालले दिएको जानकारी अनुसार शुरुर्मा विद्यालयबाट फर्केका एक छात्रले ज्वरो आएको तथा शरिर दुखेको भन्दै अस्पताल भर्ना भएपनि सोही विद्यालयका अन्य ३१ जना विद्यार्थीमा पनि पखाला, वान्ता तथा ज्वरोको लक्षण देखिएपछि उनीहरूलाई पनि अस्पताल पु¥याइएको थियो । बुधबार भर्ना भएका बालकको विषाक्त खानाका कारण मस्तिस्कमा असर परेको अस्पतालले बताएको छ ।
विद्यालयमा चाउचाउमा मिसाइएको आलु र चनामा गन्ध आएको र सोही खाएपछि आफूहरू विरामी भएको विरामी बालक सु होजियाङ्ले बताए ।
विरामी मध्ये ७ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने अन्य बालबालिकाका उपचार भइरहेको बताइएको छ ।


