मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

A specialized rescue team, search for survivors following the 8.2 magnitude earthquake that hit Mexico's Pacific coast, in Juchitan de Zaragoza, state of Oaxaca on September 8, 2017.

मेक्सिको, २४ भाद्र २०७४ । मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ ।

दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्प ३३ किलोमिटर गहिराईको रहेको पनि अधिकारीहरुले जनाएका छन ।

बिहीबार राती राजधानी मेक्सिको सिटीका नागरिकहरु भूकम्पको बेला घरहरुबाट बाहिर भागेर खुल्ला सडकमा पुग्न सफल भएका थिए ।

मेक्सिकोमा रहेको चिनियाँ दुतावासले अहिलेसम्म मृत्यु भएकाहरु मध्ये चिनियाँ नागरिक नपरेको जनाएको छ ।

एक जना स्थानीयले भन्नुभयो, “भूकम्प गएको बेला मैले बेलुकाको खाना खाईरहेको थिए । म तत्काल घर बाहिर दौडिएँ, त्यहाँ सडकमा १ सय भन्दा बढी मानिस आईसकेका थिए । ती मध्ये अधिकांश रात्री पोशाकमा रहेका थिए ।”

उहाँले थप्नुभयो, भूकम्प गएको २० मिनेटमा विद्युत सेवा अवरुद्ध भयो, अधिकांशले आफ्ना कार खुल्ला ठाँउमा रोकेका थिए, रातभरी उनीहरु त्यसैमा सुते ।

भूकम्पले १२ वटा राज्यका झण्डै ५ करोड जनता प्रभावित भएका छन भने ३६ वटा शव क्षतविक्षत अवस्थामा भेटिएको छ ।

मेक्सिकोका राष्ट्रपति इनरिक पेना टिएटोले शुक्रबार राती टेलिभिजन सम्बोधनमा ६१ जनाको मृत्यु भएको बताउनु भएको छ ।

मृत्यु भएका मध्ये ४५ जना ओक्साका राज्य, १२ जना चिआपास र ४ जना ताबास्को राज्यका रहेका जनाइएको छ ।

मेक्सिकोमा केन्द्रविन्दुबाट करिब १ हजार किलोमिटर टाढासम्म भूकम्पको व्यापक असर परेको छ । भूकम्पले सो क्षेत्रमा कैयौँ घर भत्किएका छन

 View of damages caused by the 8.2 magnitude earthquake that hit Mexico's Pacific coast, in Juchitan de Zaragoza, state of Oaxaca on September 8, 2017.  Mexico's most powerful earthquake in a century killed at least 35 people, officials said, after it struck the Pacific coast, wrecking homes and sending families fleeing into the streets. / AFP PHOTO / RONALDO SCHEMIDT
View of damages caused by the 8.2 magnitude earthquake that hit Mexico’s Pacific coast, in Juchitan de Zaragoza, state of Oaxaca on September 8, 2017.
TOPSHOT - View of damages following the 8.2 magnitude earthquake that hit Mexico's Pacific coast, in Juchitan de Zaragoza, state of Oaxaca on September 8, 2017.  Mexico's most powerful earthquake in a century killed at least 35 people, officials said, after it struck the Pacific coast, wrecking homes and sending families fleeing into the streets. / AFP PHOTO / PEDRO PARDO

View of damages following the 8.2 magnitude earthquake that hit Mexico’s Pacific coast, in Juchitan de Zaragoza, state of Oaxaca on September 8, 2017.

TOPSHOT - View of damage caused in Juchitan de Zaragoza, in the southern Mexican state of Oaxaca, on September 8, 2017, where buildings collapsed after an 8.2 earthquake that hit Mexico's Pacific coast overnight. Mexico's most powerful earthquake in a century killed at least 58 people, officials said, after it struck the Pacific coast, wrecking homes and sending families fleeing into the streets. / AFP PHOTO / MARIO VAZQUEZ
View of damage caused in Juchitan de Zaragoza, in the southern Mexican state of Oaxaca, on September 8, 2017, where buildings collapsed after an 8.2 earthquake that hit Mexico’s Pacific coast overnight.

 

  • 47Read This News:
  • 458845Total reads:
  • 268400Total visitors: