भड्किएको हिंसाका कारण करिब एक लाख २५ हजार म्यानमारका रोहिङ्गा मुस्लिम नागरिक बङ्गलादेशमा

बङ्गलादेश, २१ भाद्र २०७४ । म्यानमारमा केही समययता भड्किएको हिंसाका कारण यहाँको अल्पसंख्यक रोहिङ्गा मुस्लिम समुदायका करिब १ लाख २५ हजार बङ्गलादेश पुगेका संयुक्त राष्ट्रसंघले मंगलबार जानकारी दिएको छ ।

गत ११ दिनयता म्यानमारको राखिन राज्यमा भएको हिंसाको कारण १ लाख २३ हजार ६०० सय व्यक्तिले म्यानमार र बङ्गलादेशको सीमा क्षेत्र पार गरेर बङ्गलादेश पुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

हाल पुगेका म्यानमारका शरणार्थीका कारण बङ्गलादेशमा रहेको शरणार्थी शिविरहरूमा अत्यन्त भिडभाड भएको बताइको छ । यसअघि नै बङ्गलादेशमा करिब ४ लाख रोहिङ्गा शरणार्थी रहेका बताइएको छ ।

म्यानमारमा गत अगस्त २५ बाट शुरु भएको हिंसाका कारण शरणार्थीको रूपमा त्यस समुदायका ती व्यक्ति बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघले दिएको जानकारीअनुसार गत अगस्त २५ बाट मंगलबारसम्म बङ्गलादेश प्रवेश गर्ने म्यानमारका शरणार्थीको संख्या करिब १ लाख २३ हजार ६०० पुगेको थियो । यो क्रम अहिले पनि जारी रहेको उनीहरूको भनाई छ ।

म्यानमारको राखिन राज्यमा पछिल्लो समय जाती र धर्मका कारण हिंसा भड्किँदै गएको छ । राष्ट्रसंघका अनुसार म्यानमारको रोहिङ्गा राज्यमा शुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रम पनि बढेको हो ।

 

  • 38Read This News:
  • 459057Total reads:
  • 268601Total visitors: