कास्की जिल्लाको स्थानीय तहको लागि पहिलो किस्ता ९८ करोड बजेट निकासा

कास्की, २१ भाद्र २०७४ । कास्कीका ५ स्थानीय तहमा पहिलो किस्ता रु ९८ करोड २० लाख ६९ हजार निकासा भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पोखराका प्रमुख केशव ढकालकाअनुसार पोखरा महानगरपालिकाको लागि रु ६० करोड ९७ लाख ७६ हजार रुपा गाउँपालिकाकोलागि रु ६ करोड ९७ लाख १५ हजार, माछापुच्छ्रे गाउँपालिकाको लागि रु १० करोड २१ हजार ८४ हजार, मादी गाउँपालिकाको लागि रु १० करोड ७४ लाख २७ हजार र अन्नपूर्ण गाउँपालिकाकोलागि रु ९ करोड ३१ लाख ६६ हजार निकासा भएको छ ।

निकासा भएको बजेट चालु आर्थिक वर्ष २०७४/७५ को एक तिहाइ (पहिलो चौमासिक किस्ता) हो ।

चालु आवका लागि पोखरा महानगरपालिकाकोलागि रु १ अर्ब ८२ करोड ५७ लाख २९ हजार, अन्नपूर्ण गाउँपालिकाकोलागि रु २७ करोड ९५ लाख, माछापुच्छ्रे गाउँपालिकामा रु ३० करोड ६५ लाख ५३ हजार, मादी गाउँपालिकाकोलागि रु ३२ करोड २२ लाख ८५ हजार र रुपा गाउँपालिकाको लागि रु २० करोड ९१ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकामा वाणिज्य बैँक नभएकका कारण कार्यालयले सबै तहको बजेट राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखामा स्थानीय तहका खाता खोली बजेट निकासा गरिदिएको छ ।

 

  • 71Read This News:
  • 480709Total reads:
  • 288168Total visitors: