पाकिस्तानद्वारा अफगान राष्ट्रपति घानीको वार्ता प्रस्तावको स्वागत

Photo by: REUTERS

पाकिस्तान, १८ भाद्र २०७४ । अफगान राष्ट्रपति अस्ररफ घानीले शनिबार आफ्नो देश पाकिस्तानसँग विस्तृत वार्ताको लागि तयार भएको विज्ञप्ति प्रकाशित गर्नु भएपछि यसको पाकिस्तानले स्वागत गरेको छ ।

राष्ट्रपति घानीले मुस्लिमको पर्व इद उल अदाको उपलक्षमा दिनु भएको एक सन्देशमा पाकिस्तानसँग शान्ति वार्ता अफगानिस्तानको राष्ट्रिय एजेन्डा भएको बताउनु भएको छ ।

पाकिस्तानको विदेश मन्त्री खवाजा मुृहमद सरिफले अफगान राष्ट्रपतिको यस अभियुक्तिको अभिवादन गर्नु भएको छ । पाकिस्तान पनि अफगानिस्तानसँग वार्ताको चाहाना रहेको पनि उहाँले बताउनु भएको छ ।

‘पाकिस्तानको अफगानिस्तानप्रतिको दृष्टिकोणको विषयमा अफगानिस्तान एकदम प्रष्ट भएको’ हाम्री अफगानिस्तानमा शान्ति र स्थायित्व देख्न चाहान्छौँ यसको लागि पाकिस्तानले आफ्नो तर्फबाट सक्दो योगदान र सहयोग गर्ने विदेशमन्त्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अघि पनि पाकिस्तान र अफगानिस्तानबीच विभिन्न चरणमा वार्ता भईसकेको पनि मन्त्री सरिफले बताउनु भएको छ ।

 

  • 34Read This News:
  • 417669Total reads:
  • 230424Total visitors: