काठमाण्डौ, १६ भाद्र २०७४ । नेपाली नीजि विमान कम्पनी हिमालय एअरलाईन्सले काठमाण्डौ वाट साउदी अरेबियाको दमाम शहर बिच सिधा उडानशुरु गरेकोछ । नेपाल तथा साउदी अरेबिया बिच सिधा उडान गर्ने हिमालय एअरलाईन्स, नेपालको पहिलो वायुसेवा कम्पनीे हो । आप्रवासी नेपालीहरुको मागलाई ध्यानमा राखी यस एयरलाइन्सले दुई देश बिच सिधा हवाई सेवा शुरु गरेको हो । एअरलाईन्सले काठमाण्डौं — दमाम — काठमाण्डौं बिच दैनिक उडानगर्ने छ ।
काठमाण्डौं बाट दमामको लागि बेलुकी २२ः३० (स्थानिय समय) मा प्रस्थान गरेको विमान दमाम स्थित किङ्ग फाहाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को दिन स्थानिय समय अनुसार बिहान ००ः५०मा अवतरण गर्ने छ । यो उडान अवधि २ घण्टा २० मिनेटको हुनेछ ।
काठमाण्डौं र दमाम जोड्ने पहिलो वायुसेवा कम्पनी हुन पाउनुमा धेरै खुशी भएको हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठ बताउनु भयो ।
नेपालीको महान चाड दशैँ र तिहारलाई मध्यनजर गरी आज देखी यो उदान शुभारम्भ गरेको श्रेष्ठले वताउनु भयो ।
हिमालय एअरलाईन्सले साउदी अरेबियाका लागि आफ्नो आधिकारीक बिक्रेताका रुपमा अस्फर ट्राभल एण्ड टुरिजमलाई छनौट गरेको छ, जसले टिकट बिक्री, बजार प्रवर्धन, बुकिङ्ग तथा आरक्षणको लागि जिम्मेवारी लिएको छ ।
हिमालय एअरलाईन्स नेपाल र चीनको सँयुक्त्त लगानीमा संचालित अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनी हो । यस एअरलाईन्स्ले कतारको दोहा, मलेशीयाको क्वालालम्पुर र दुबईमा पनि सिधा उडान गरिरहेको छ । एयरलाइन्स्ले ढाका, हङकङ, र बैकँकमा पनि उडान गर्ने योजना छ । केही महिना पछि एअरलाईन्सले चाईनाको बेइजिङ्ग र चेन्ग्दुलाई आफ्नो थप गन्तव्य बनाउने योजना कायम राख्दै सियान, कुनमिङ्ग, शांधाई, ल्हासा र गन्जाऔ शहरहरुमा आफ्नो थप सेवा बिस्तार गर्ने योजना रहेको श्रेष्ठले वताउनु भयो ।


