कास्की, १२ भाद्र २०७४। वर्षौंँदेखि खानेपानीको समस्या व्यहोर्दै आएको पोखरा रंगशालामा अहिले बोरिङ खनेर खानेपानीको व्यवस्था गरिएको छ ।
युवा तथा खेलकूद मन्त्रालयबाट रु १७ लाख निकासा गरी बोरिङ खनेर पानीको व्यवस्था गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो ।
सन् २०१९ मा नेपालमा हुनगइरहेको १३ औँं साग खेलकूद अन्तर्गत पोखरामा पाँचवटा खेल हुनगइरहेकोले, खेलकूदका ठूलठूला पूर्वाधार योजना शुरु भएको र खेलकूद मैदानलाई सधैँ हरियाली बनाउन पनि पानीको अत्यावश्यक परेको सो व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
जमिनबाट झण्डै १५० मिटरको गहिराइसम्म खनेर पानी निकालिएको छ । ८ इञ्चको पाइपबाट पानी तानेर २ वटा ठूलठूला भूई ट्याङ्की बनाएर पानीको सहज आपूर्तिको व्यवस्था गरिएको छ ।


