हुलास मोटर कम्पनीको नयाँ शोरुम विराटनगरको मुनालपथमा

मोरंग, ९ भाद्र २०७४ । हुलास मोटर कम्पनीले विराटनगरको मुनालपथमा आजदेखि नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

सो शोरुमको एक समारोहबीच उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले उद्घाटन गर्नुभयो । उक्त शोरुममा इ–रिक्सा, इ–कार्गो, हुलास ब्याट्री, इ–कार, विद्युतीय कार बिक्री वितरण गरिने उक्त प्रालिका प्रबन्धक विरल आचार्यले जानकारी दिनुभयो ।

जनसाधारणको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै हरितक्रान्तिको नारालाई सार्थक तुल्याउने उद्देश्यका साथ प्रदूषणमुक्त एवं वातावरणमैत्री सवारीसाधन बजारमा ल्याएको उहाँले बताउनुभयो । शोरुममा चीनमा निर्मित विद्युतीय कार समेत राखिएको छ ।

विगत दुई दशकदेखि हुलास मोटर कम्पनीले विराटनगरको मिल्स एरियामा कारखाना स्थापना गरी अटोमोबाइलको क्षेत्रमा ‘मेड इन नेपाल’का शेर्पा, मुस्ताङ, मुस्ताङ भी टु, मुस्ताङ म्याक्स ब्राण्डका चार पांग्रे हलुका सवारीसाधन उत्पादन गर्दै आएको उद्योगपति सुरेन्द्र गोल्छाले बताउनुभयो ।

 

  • 56Read This News:
  • 438343Total reads:
  • 250340Total visitors: