कमला सिँचाइ आयोजनामा तेह्र करोडको क्षति, सिँचाइ प्रभावित

सिरहा, ५ भदौ २०७४। हालै आएको बाढीपहिरोले कमला नहर सिँचाइ आयोजनामा करिब रु १३ करोड मूल्य बराबरको क्षति भएको छ ।

कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालय, पोर्ताहाका कार्यालय प्रमुख गौतम ठाकुरका अनुसार कमला नहरको पूर्वी नहर प्रणाली सिरहातर्फ रु ५ करोड र कमला नहर पश्चिमी नहर प्रणालीतर्फ रु ७ करोड र हर्दिनाथ सिँचाइ प्रणालीतर्फ रु १र्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।

सिरहाको १२ हजार ५०० हेक्टर जमिन र धनुषाको १२ हजार ५०० हेक्टर जमिन गरी कूल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइरहेको सो आयोजना बाढीबाट क्षतिग्रस्त हुँदा सिँचाइमा समस्या पुगेको प्रमुख ठाकुरले बताउनुभयो ।

विसं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले शिलान्यास गर्नुभएको कमला सिँचाइ आयोजना विगत ३ वर्षदेखि पूर्णरुपमा निर्माण भएपछि सिरहा र धनुषाको धान, गहुँ खेतीमा सिँचाइ सुविधा पुर्याउँदै आएको थियो ।

कमला नहर र हर्दिनाथ सिँचाइ आयोजनाको नहरको पुरानो तथा नयाँ संरचना भासेको बाँध तथा केनल पूर्णरुपमा क्षतिग्रस्त भएको नहरका ग्राभेलबाटो टुटफुट भएको र नहर संरचनामा बाढीले तोडफोड गरेकाले त्यसलाई पुनःनिर्माणमा ठूलो रकम खर्च हुने सो कार्यालयका इन्जिनियर अरुण यादवले राससलाई भन्नुभयो ।

साथै सो नहर क्षतिग्रस्त हुँदा सिरहा एवं धनुषाको धानखेतीसमेत बालुवा र माटोले पुरिएर नष्ट भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ ।

कमला नहरको निर्माणले विगत दुई वर्षदेखि कृषि उत्पादन वृद्धि हुनुका साथै कमला नदीलाई समेत नियत्रण गर्दै आएको शारसर गाउँका रतिस यादवले भन्नुभयो । गत वर्ष २०७३÷०७४ मा कमला नहर सिँचाइका लागि रु १७ करोड र समृद्ध तराई कार्यक्रमतर्फ रु ५ करोड खर्च गरी सो नहरको संरचनाका साथै सिँचाइका कार्य गरिएको सो कार्यालयले जनाएको छ ।

 

  • 97Read This News:
  • 474267Total reads:
  • 282597Total visitors: