पाँच वर्षपछि फरार अभियुक्त पक्राउ

सिन्धुपाल्चोक, ३२ साउन २०७४। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट प्रहरीले ५ वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

२०६९ असार २० गते भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा २ वर्ष कैद सजाय सुनाएका मेलम्ची नगरपालिका–१२ पिपलचौरका ३४ वर्षीय तीर्थबहादुर माझी कैद भुक्तानी नगरी फरार भएका थिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा माझीलाई मंगलबार बाहुनेपाटी बजारबाट पक्राउ गरेकोे मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

अक्षय दोङले दिएको सुचनाको आधारमा भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दा चलाइएको माझीले एक वर्ष ११ महिना ९ दिन कैद सजाय असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका माझीलाई सिन्धुपाल्चोक जिल्ला अदालत बुझाइले प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिनुभयो ।

पछिल्लो समय इलाका प्रहरी कार्यालय मेलम्चीले आधा दर्जनभन्दा बढी फरार अभियुक्त पक्राउ गरी अदालत र जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

 

  • 22Read This News:
  • 480722Total reads:
  • 288179Total visitors: