चीन सरकारको आर्थिक तथा प्राविधक सहयोगमा काठमाण्डौकोे नौतले दरबारको पुनःनिर्माण शुभारम्भ

काठमाडौँ, ३१ साउन २०७४। विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौ तले दरबार पुनःनिर्माण शुभारम्भ भएको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको सो दरबार २ वर्ष बितेपछि चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा बल्ल पुनःनिर्माण अगाडि बढेको हो ।

vice president of china 2
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपाल भ्रमणमा रहनुभएका जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले वसन्तपुर दरबारमा आयोजित कार्यक्रममा आज संयुक्तरुपमा पुनःनिर्माण शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले भूकम्पले क्षतिग्रस्त बनेको नौतले दरबार र नुवाकोटको ७ तले दरबार चिनियाँ सरकारले पुनःनिर्माण गर्न लागेको जानकारी दिनुभयो ।

चीनका वाणिज्य उपमन्त्री तथा अन्तरराष्ट्रिय व्यापार उपप्रतिनिधिले नेपालको ऐतिहासिक सम्पदा पुनःनिर्माणको अवसर पाएकामा खुशी व्यक्त गर्नुभयो ।

चीनले ५ वर्षमा करिब रु १५ करोडको लागतमा नौ तले दरबार पुनःनिर्माण सम्पन्न गर्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

उहाँले भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको आगम्छे घर र पाटन दरबार क्षेत्रको देगु तलेजु मन्दिर जापान सरकारको सहयोगमा पुनःनिर्माण गर्ने गरी सम्झौता भएको बताउनुभयो । दुवै सम्पदा पुनःनिर्माणमा रु ३३ करोड लाग्ने विभागले जनाएको छ ।

पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत नेपाल भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता थियो ।

चीनको राज्यपरिषदका उपप्रधानमन्त्री वाङ याङ भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको नौ तले दरबार पुनःनिर्माण शुभारम्भ गर्न दरवार परिसर प्रवेश गनुहुँदै ।
चीनको राज्यपरिषदका उपप्रधानमन्त्री वाङ याङ भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको नौ तले दरबार पुनःनिर्माण शुभारम्भ गर्न दरवार परिसर प्रवेश गनुहुँदै ।

 

  • 25Read This News:
  • 417788Total reads:
  • 230536Total visitors: