तनहुँको काफ्लेफाँटमा हेलिकप्टर आकस्मिक अवतरण

तनहुँ, २७, साउन २०७४ । मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डाइनेष्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा आज अवतरण गरेको छ ।

खराब मौसमका कारण सो हेलिकप्टर उक्त ठाउँमा अवतरण गरेको इन्दु माविका प्रधानाध्यापक यज्ञ काफ्लेले बताउनुभयो । सो हेलिकप्टर १२ बजे अवतरण गरेको हो । हेलिकप्टरमा चालक दलका दुईजना, नेदरल्याण्डका नागरिक एकजना र दुई यात्रु गरी ५ जना सवार रहेको जानकारी प्रधानाध्यापक काफ्लेले दिनुभयो ।

मनाङबाट नेदरल्याण्डका बिरामी नागरिकसहित ती यात्रु लिएर जाँदै गरेको हेलिकप्टर अवतरण गरेको हो । तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले पनि हेलिकप्टर खराब मौसमका कारण उक्त ठाउँमा अवतरण गरेको बताउनुयो । सो हेलिकप्टर मौसम सफा भएपछि उड्ने बताइएको छ ।

 

  • 31Read This News:
  • 417708Total reads:
  • 230461Total visitors: