स्पेनमा करको झमेलाका कारण रोनाल्डोको इङ्ल्याड फिर्ता हुने चाहना

स्पेन, २२ साउन २०७४ । विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै “आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको” बताउनुभएको स्पेनी रेडियो स्टेसन क्याडेना सेरले शनिबार जनाएको छ ।

रियल म्याड्रिड क्लबका तर्फबाट खेल्दै आएका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा सोमबार अदालतले सुनुवाईका लागि बोलाएको छ । उहाँमाथि एक करोड ७३ लाख अमेरिकी डलर बाराबरको कर छली गरेको आरोपमा स्पेनी अदालतमा मुद्दा चलाइएको छ ।

रोनाल्डोले बेलायती भर्जिज आइलेण्डस र आएरल्याण्डमा रहँदा ख्याति कमाएका थिए । यद्यपि रोनाल्डोले भने सन् २००४ मा आफूले बेलायती क्लब म्यानचेस्टर यूनाइटेडमा रहँदा सामान्य उचाई हाँसिल गरेपनि आफूले सन् २००९ मा रियलमा प्रवेश गरेपछि व्यापक ख्याति पाएको बताउदै आउनुभएको छ ।

स्पेनमा उच्च तहका सवै फुटबल खेलाडीमाथि कर छली आरोपमा अनुसन्धान जारी राखिएको बताएपनि रोनाल्डोले भने आफ्नो प्रसिद्धिमा प्रभाव पार्ने अभिप्रायले सो आरोप लगाइएको दावी गर्नुभएको छ ।

उहाँले अदालतमा यदि आफू क्रिस्टियानो रोनाल्डो भनेर नचिनिएको भऐ अदालतमा हाँजिर गराइने थिएन भनी अदालतमा समेत जनाएको स्पेनी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

४ पटकसम्म विश्व विजेता बनेका रोनाल्डोले सामाजिक सञ्जाल इन्सटाग्राममा लेख्नुभएको छ, “ मेरो चमत्कार र ख्यातिले मानिसलाई के बिगारेको थियो । कीराहरूले मात्र बत्ती र उज्यालोलाई आक्रमण गर्छन् ।”

स्पेनको आन्तरिक राजस्व मामिला सम्वद्ध जेस्था यूनियनका एक विज्ञल भनका छन् , “यदि यो मुद्दामा रोनाल्डो दोषी ठहरिएमा उहाँले कम्तिमा २ करोड ८० लाख यूरो बराबर जरिवाना र ३ बर्ष जेल सजाँए हुनेछ ।”

रियलका प्रशिक्षक जिनेदिन जिदानले जुनमा भएको च्याम्पियन लिगको फाइनलपछि रोनाल्डो दिएको बिदापछि शनिबार मात्र स्पेनमा प्रशिक्षणमा फिर्ता हुनुभएको छ । उहाँलाई आराम गर्न बिदा दिइएको थियो ।

 

  • 81Read This News:
  • 480424Total reads:
  • 287899Total visitors: