पोखरा स्पोर्टस् अवार्ड सम्पन्न

कास्की, २२ साउन २०७४। खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, खेलाडी र संस्थालाई पोखरा स्पोर्टस् अवार्डबाट सम्मान गरेको छ ।

पोखरा स्पोर्टस् अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व फुटबल एवं एथलेटिक्सका खेलाडी खड्गबहादुर रानाभाट सम्मानित हुनुभएको छ ।

पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले रानाभाटलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडीमा लन टेनिसका कुमार अधिकारी, वर्ष उत्कृष्ट महिला खेलाडीमा भलिबलकी अरुणा शाहीलाई पुरस्कृत गरिएको छ । उहाँहरुले जनही रु २५/२५ हजार नगद र एक थान सामसुङ मोबाइल प्राप्त गर्नुभएको छ ।

यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्यान्दोका सुनबहादुर लामा, वर्ष उत्कृष्ट नवप्रतिभा खेलाडीमा भलिबलकी ममता डगौरा, वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिएको छ ।

उहाँहरुले रु १०/१० हजार, ट्रफी र सम्मानपत्र पाउनुभएको छ । उहाँहरुलाई नेपाल पत्रकार महासंघ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम गुरुङ, गायक प्रमोद खरेललगायतले पुरस्कृत गर्नुभएको थियो ।

सो अवसरमा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरलाई दक्षिण एशियाकै प्रशिक्षणको केन्द्र बनाउने उद्घोष गर्नुभयो ।

लाइभटाइम एचिभमेन्टबाट सम्मानित खड्गबहादुर रानाभाटले घरपरिवारबाटै हौसला भएमा मात्रै खेलाडीले सफलता पाउन सक्ने विचार व्यक्त गर्नुभयो ।

 

  • 36Read This News:
  • 458890Total reads:
  • 268441Total visitors: