राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त, क्षतिप्रति गम्भीर चिन्ता

काठमाडौँ, २१ साउन २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको ढोरपाटन नगर र निसीखोला गाउँपालिकामा पहिरोमा पुरिएर शुक्रबार एकै घरका ४ जनासहित ६ जनाको तथा डोटीमा जिप दुर्घटनामा परी ९ जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

साथै, राष्ट्रपतिले देशका विभिन्न भागमा बाढीपहिरो तथा सडक दुर्घटनामा भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्राकृतिक प्रकोपबाट हुने क्षति घटाउन सरकार सधैँ सजग रहनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको छ । उहाँले बाढी पहिरोलगायत प्राकृतिक प्रकोपका घटना र सडक दुर्घटनाबाट हुने जनधनको क्षतिप्रति सचेत रहन सम्बद्ध सबै सरकारी निकायलाई अविलम्ब ध्यान दिन आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

 

  • 26Read This News:
  • 459200Total reads:
  • 268731Total visitors: