मोरोक्कोमा पर्यटकको संख्यामा नौ प्रतिशतले वृद्धि

मोरोक्को, १८ साउन २०७४ । मोरोक्कोमा सन् २०१७ को मध्यसम्ममा अघिल्लो वर्षको तुलनामा पर्यटकको संख्यामा ९ प्रतिशतले वृद्धि भएको छ ।

अर्थसम्बन्धी एक पत्रिका ‘एल इकोनोमिस्ट’ बुधबार सार्वजनिक गरेको विवरणअनुसार परम्परागत युरोपेली बजारबाटै यो संख्यामा वृद्धि भएको हो ।

मोरोक्कोको पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै लेखिएको समाचारमा सबैभन्दा धेरै अमेरिकाबाट २७ प्रतिशत पर्यटक मोरोक्को आएका छन् ।

त्यसैगरी अमेरिकापछि धेरै पर्यटक आउनेमा जर्मनीका १२ प्रतिशत रहेका छन् भने नेदरल्याण्डका ८ प्रतिशत, स्पेनका ७ प्रतिशत र फ्रान्सका ५ प्रतिशत पर्यटक मोरोक्को आउने गरेका छन् ।

पर्यटकको संख्या बढ्नुमा विषेशगरी चीन र जापानमा आक्रमक बजारीकरण पनि मुख्य कारण भएको अधिकारीहरुले बताएका छन् ।

पछिल्लो विवरणअनुसार चीनबाट ५६५ प्रतिशत र जापानबाट ४६ प्रतिशत पर्यटक मोरोक्को आउनेक्रम बढेको छ ।

सन् २०१६ मा १ करोड ३० लाख पर्यटकले मोरोक्कोको भ्रमण गरेका थिए । जुन सन् २०१५ मा आएका पर्यटकको संख्यामा १.५ प्रतिशतले बढी हो । मोरोक्कोले सन् २०१७ मा ६ प्रतिशत मात्रै पर्यटक वृद्धि हुने अपेक्षा गरेको थियो ।

मोरोक्कोका लागि पर्यटन नै आर्थिक उपार्जनको मुख्य आधार हो । झण्डै ५ लाख अर्थात् झण्डै ५ प्रतिशत जनतालाई पर्यटन क्षेत्रले रोजगारी दिएको छ ।

मोरोक्कोको राष्ट्रिय आयमा पर्यटन क्षेत्रबाट झण्डै ७ प्रतिशत योगदान रहेको तथ्याङ्क छ ।

 

  • 64Read This News:
  • 438310Total reads:
  • 250308Total visitors: