पाकिस्तानको प्रधानमन्त्रीमा अब्बासी निर्वाचित

पाकिस्तान, १८ साउन २०७४। पाकिस्तानको संसदले पूर्व प्रधानमन्त्री नवाज शरीफको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन) को तर्फबाट नेता शहीद खकान अब्बासी मङ्गलबार प्रधानमन्त्री निर्वाचित हुनुभएको छ ।

पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उहाँले गत शुक्रबार राजीनामा दिनुभएपछि रिक्त रहेको उक्त पदका लागि संसदमा मंगलवार निर्वाचन भएको थियो ।

अब्बासीलाई संसदको ३४२ सदस्य सङ्ख्यामा २२१ मत प्राप्त भएको थियो ।

प्रधानमन्त्रीका लागि विभिन्न ६ जनाको उम्मेदवारी रहेकोमा प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपुल्स पार्टीका सैयद नभीद कमार उहाँको प्रतिस्पर्धि रहनु भयो । कमारले जम्मा ४७ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी पाकिस्तान तेहरिक–ए–इन्साफका शेख रसिद अहमद ले ३३ मत प्राप्त गर्नुभएको थियो भने जमाते ए इश्लामीका शाहिवजादा तरिक उल्लाहले जम्मा ४ मत प्राप्त गर्नुभएको थियो ।

शरीफले आफ्नै भाई शहवाज सरीफलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावलाई उहाँको पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन)ले स्वीकार गरेपछि हाललाई अन्तरिम प्रधानमन्त्रीका रूपमा सत्ताधारी दलले सरीफका विश्वासपात्र पूर्व पेट्रोलियम मन्त्री शहीद खकान अब्बासीलाई अघि सारेको छ । शहवाज नेशनल एसेम्लीको सदस्यमा निर्वाचित भएपछि अब्बासीले राजीनामा दिने र उहाँको ठाउँमा प्रधानमन्त्री बनाई सरीफका भाई शहवाजलाई ल्याउने सत्ताधारी दलको योजना रहेको छ ।

अब्बासी अन्तरिम प्रधानमन्त्री निर्वाचित बनेपछि उहाँलाई प्रतिपक्षी दलका सदस्यलेसमेत बधाई दिएका छन् ।

उहाँले मङ्गलबार साँझ नै एक कार्यक्रमबीच सपथ लिनुहुनेछ ।

 

  • 49Read This News:
  • 480585Total reads:
  • 288047Total visitors: