भारत र रसियाबीच महत्वपूर्ण सम्झौता

भारत, ३० असोज २०७३। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्दादिमिर पुटिनबीच शनिबार अर्बौं डलर बराबरको ऊर्जा तथा प्रतिरक्षा प्रणालीका लागि सम्झौता भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी र रसियाली राष्ट्रपति पुटिनबीच ब्रिक्स सम्मेलन सुरु हुनुपूर्व भएको बैठकपछि भारतले रसियासँग पाँच अर्ब अमेरिकी डलर बराबरको एए ४०० ‘ट्राइअम्फ’ वायुरक्षा प्रणाली खरिद गर्ने घोषणा गरेको छ ।

भारत र रसियाबीच रक्षा प्रणाली सम्झौताका लागि करिब एक वर्षदेखि पहल जारी थियो ।

यसका साथमा भारत र रसियाबीच कामोव हेलिकप्टर बनाउनका लागि संयुक्त निर्माण सुविधानको व्यवस्था गर्ने साथै आधुनिक युद्धक जहाज ९वारसीप० को निर्माण गर्ने कुरामा सहमति भएको छ ।

लामो दूरीको प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली एस ४०० ‘ट्राइअम्फ’ को खरिद भारत र रसियाबीचको अन्तर सरकारी सम्झौता सारिक दृष्टिकोणले महत्वपूर्ण भएको दुवै देशका अधिकारीले बताएका छन् ।

एए ४०० रक्षा प्रणालीले करिब ४०० किलोमिटर टाढासम्म आक्रमण र त्यति नै टाढाबाट आउने तोपलाई नष्ट गर्ने क्षमता राख्ने बताइएको छ ।

 

  • 53Read This News:
  • 404861Total reads:
  • 218314Total visitors: