कपिलवस्तुमा पहिलो चोरहरुको भेला सम्पन्न

कपिलवस्तु, २८ असोज २०७३ । पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएका छन् । कपिलवस्तुको चन्द्रौटामा ७ महिनाको अन्तरालमा ५ वटा मोटरसाइकल चोरी भएका छन् । दसैँको आसपासमा मात्र ३ वटा मोटरसाइकल चन्द्रौटा क्षेत्रबाट चोरी भएको छ ।

शिवराज नगरपालिकाको एक बगैँचामा मोटरसाइकल चोरी गर्ने गिरोहको भेला सम्पन्न भएको बुझिएको छ । चोरहरुले आफूहरुले यस क्षेत्रमा कुनै पनि मोटरसाइकल नचोरेको बताएका छन् ।

स्रोतका अनुसार चोरहरुले रातभरि बगैँचामा खानपिन गरेको पनि खुल्न आएको छ । सो भेलामा कपिलवस्तु, रुपन्देही, नवलपरासी, रोल्पा, प्यूठान, दाङ र भारतका केही गिरोह सहभागी भएको स्रोतको भनाइ छ ।

 

  • 81Read This News:
  • 404897Total reads:
  • 218346Total visitors: