साहित्य तर्फको नोवेल शान्ति पुरस्कार अमेरिकी गायक वव डायलनलाई

कारोवार दैनिकः २८ असोज २०७३ । सन् २०१६ को साहित्यको नोबेल पुरस्कार बब डिलनलाई दिइएको छ। उनलाई ुुअमेरिकी गीतको परम्परामा नयाँ अभिव्यक्तिको सृजनाू का लागि यो पुरस्कार दिइएको हो ।

बबको जन्म २४४ मे १९४१ मा अमेरिकाको डुलुथ, मिन्नेसोतामा भएको हो । उनी अहिले ७५ वर्षका भइसकेका छन् ।

आज बब डिलनलाई भलै साहित्यमा नोबेल पुरस्कार दिने घोषणा गरिएको छ तर यी ७५ वर्षीय गायक तथा गीतकारको जीवनयात्रा भने कुनै किसी किम्वदन्तीको कथा भन्दा कम रोचक छैन ।

सन् १९४१ मा जन्मिएका उनी सन् १९५९ मा संगीत यात्रामा निस्केका थिए । उनले सुरुवाती वर्षमा कफी हाउसभित्र गीत गाएर करियर अघि बढाएका थिए ।

उनले गाएका गीत ब्लोइनुइन द वीन्ठ र र दे आर अ चान्जिन पुरै अमेरिकासँगै विश्वमा युद्ध विरोधी र नागरिक अधिकारका गीत बन्न सफल भएका थिए । उनले

पारम्परिक गीतबाट पलायन भइदिँदा विश्वका लागि धेरै फाइदजनक सावित हुन पुग्यो ।

त्यसो त साहित्यको नोबेल पुरस्कार हरेक वर्ष विज्ञानतर्फको पुरस्कारसँगै घोषणा गरिन्थ्यो । तर यो वर्ष भएको ढिलाई अड्कल बाजी लगाउनेको ढुकढुकी बढाएको थियो । यस्तोमा निर्णायकमण्डलबीच मतभेद रहेको समाचार पनि बाहिर आउन पुगेको थियो ।

यस पूरै मामिलामाथि शिक्षाविद् पेर वास्टबेर्गले यस्ता अफबाहलाई सिधै नकारिदिनुपर्ने बताए । उनको बुझाइमा निर्णायकमण्डलबीच कुनै विवाद नै नभएपनि

स्वीडेनका मिडियाकर्मीहरु यसमा पनि मतभेद खोज्न सिपालु रहेका छन् । स्वीडेनका रेडियो रिपोर्टर माटियास बेर एकाडेमीका सदस्य एडोनिस जस्ता राजनीतिक रूपमा विवादित व्यक्तिमाथि विभाजित रहेको बताउँछन् ।

रोचक कुरा भनेको अहिलेसम्म साहित्यमा सबैभन्दा धेरै नोबेल पुरस्कार जित्ने अंग्रेजीका लेखक २७ जना रहेका छन् । त्यसपछि फ्रेन्चका १४ जना र तेस्रो नम्बरमा १३ जना जर्मन भाषाका लेखक रहेका छन् ।

अहिलेसम्म १४ जना महिलालाई साहित्यको नोबेल दिइएको छ। यस पुरस्कारको प्रतिक्षा पुरै विश्वले अधैर्यका साथ गरिरहेका हुन्छन् ।

For More news: http://www.karobardaily.com/

 

  • 70Read This News:
  • 405108Total reads:
  • 218541Total visitors: