अफगानिस्तानको कुन्दुजमा हवाई आक्रमणमा परी ३ आतङ्ककारी मारिए

अफगानिस्तान, १७ माघ २०७३। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा गएरातभरी अफगान हवाई बलले गरेको आक्रमणमा परी कम्तीमा तीन तालिवान आतङ्ककारी मारिएका सैनिक स्रोतले सोमबार जानकारी दिएको छ ।

कुन्दुज प्रान्तको प्रान्तीय राजधानी, कुन्दुज सहरको बाहिरी इलाकामा पर्ने हाजी नवाब इलाकामा लुकेर बसेका तालिवान आतङ्ककारी लक्षित आक्रमणमा कम्तीमा ३ आतङ्ककारी मारिनुको साथै अन्य ४ जना घाइते भएका सैनिकका प्रेस अधिकृत नस्ट्राउल्लाह जम्शीदले जानकारी दिएका छन् ।

बाघलान र तखर प्रान्तको छिमेकमा पर्ने कुन्दुज प्रान्तमा गत २ महिनायता सरकारी सुरक्षाबल तालिवान आतङककारीबीच ठूलो झडप भइरहेको छ ।

गएराति भएको हवाई आक्रमणको विषयमा भने तालिावन आतङ्ककारी समूहले कुनै टिप्पणाी गरेका छैनन् ।

 

  • 38Read This News:
  • 417424Total reads:
  • 230180Total visitors: