गुल्मीको पूर्तिघाटमा धार्मिक पर्यटन महोत्सव गरिने

गुल्मी, २७ असोज २०७३ । गुल्मीको पूर्तिघाटमा पहिलोपल्ट पर्यटन व्यवसायको संरक्षण र विकास एवम् प्रचारप्रसार गर्नका लागि नौदिने धार्मिक पर्यटन महोत्सव गरिने भएकोे छ ।

पूर्तिघाट क्षेत्रवरपरका रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचार–प्रसार गरी पर्यटन–प्रर्वद्धन गर्ने तथा कालीगण्डकीको व्यापक प्रचार–प्रसार गर्दै समग्र कालीगण्डकीलाई पर्यटन व्यवसायको आकर्षणका रुपमा स्थापित गर्ने एवम् धार्मिक जागरण गराउनुका साथै अतिथिका लागि सुविधासम्पन्न अतिथि आश्रम निर्माण गर्ने उद्देश्यसहित महोत्सव आउँदो कात्तिक १ देखि ९ गतेसम्म आयोजना गर्न लागिएको प्रचार–प्रसार संयोजक अग्निधर पराजुलीले जानकारी दिनुभयो ।

साथै, पराजुलीले महोत्सवलाई सफल बनाउन राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गरिएको र आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो ।

हालसम्म आयोजक सदस्य शुल्कमार्फत एक सय जनाबाट प्रतिव्यक्ति ११ हजार एक सय ११ रुपैयाँका दरले रु ११ लाख ११ हजार एक सय रुपैयाँ सङ्कलन भएको समेत संयोजक पराजुलीले जानकारी दिनुभयो ।

महोत्सवबाट सङ्कलित रकमले पूर्तिघाटमा रु १२ करोड ८६ लाखको लागतमा अत्याधुनिक सुविधासम्पन्न अतिथि आश्रम भवनको निर्माण गर्ने लक्ष्य रहेको समेत संयोजक पराजुलीले जानकारी दिनुभयो ।

 

  • 62Read This News:
  • 480251Total reads:
  • 287733Total visitors: