यमनमा अमेरिकी सैन्य कारबाहीमा ५७ जनाको मृत्यु

यमन, १७ माघ २०७३ । अमेरिकाद्वारा राष्ट्रपति डोनाल्ड ट्रम्पको आवागमनपछि यमनमा भएको पहिलो आक्रमणमा मुलुकको मध्य क्षेत्रमा अवस्थित यक्ला जिल्लामो कम्तीमा ४१ जना सङ्कास्पद अलकायदा लडाकू र १६ जना सर्वसाधारणको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।

यक्लामा भएको उक्त आक्रमणमा निर्दोष ८ बालबालिका, ८ महिलाको समेत मृत्यु भएको आफ्नो नाम गोप्य राख्ने सर्तमा स्थानीय एक सरकारी अधिकारीले बताए ।

उक्त क्षेत्रबाट प्राप्त जानकारी अनुसार सैन्य कारबाही वाइदा प्रान्तका अलकायदा आबद्ध ३ कमाण्डर र ३का घरमा लक्षित गरिएको भएपनि हेलिकोप्टरबाट गरिएको सैन्य कारबाहीका क्रममा स्थानीय विद्यालय, मस्जित र स्वास्थ्य केन्द्रमा रहेका मानिस पनि प्रभावित भएका बताइएको छ ।

स्थानीय स्रोतका अनुसार कारबाही अमेरिकी कमाण्डो बलद्वारा सञ्चालन गरिएको थियो ।

आक्रमणमा उक्त इलाकाका अलकायदाका ३ महत्वपूर्ण कमाण्डारको पनि मृत्यु भएको छ । अधिकारीले घटनामा अबु वारजन भनिने एक विदेशी अलकायदा कमाण्डरको पनि मृत्यु भएको बताइएको छ ।

यसैबीच अमेरिकी सेनाले यमनको कारबाहीमा आफ्नो १ जना सिपाहीको मृत्यु भएको र ३ जना घाइते भएका बताइएको छ ।

 

  • 17Read This News:
  • 417424Total reads:
  • 230180Total visitors: