विर्तामोडमा वस एकआपसमा ठोक्किदा ६५ जना घाइते

झापा, २७ असोज २०७३ । झापाको विर्तामोडमा पश्चिम कांटामा बुधबार बिहान करिब ८ः३० को समयमा भएको दुर्घटनामा ६५ जना घाइते भएपनि सबैजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विपरीत दिशाबाट आइरहेका ना ५ ख १८९८ र ना ५ ख ६५६१ नंको बस एकआपसमा ठोक्किएको दुर्घटनामा घाइते भएका ३३ जनाको बी एन्ड सी अस्पताल विर्तामोडमा, १० जनाको मनमोहन अस्पतालमा, छ जनाको कञ्चनजङ्गा अस्पतालमा र १६ जनाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका ना ५ ख बसका चालक उर्लावारी–४ निवासी दुर्गाप्रसाद आचार्यलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ भने घटनाका विषयमा छानबिन सुरु गरिएको छ ।

 

  • 51Read This News:
  • 405462Total reads:
  • 218858Total visitors: